प्रधानाध्यापकको भत्ता विद्यार्थीलाई

प्रधानाध्यापकको भत्ता विद्यार्थीलाई

विराटनगर । विराटनगर ७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले आफूले पाउने सम्पूर्ण प्रधानाध्यापक भत्ता विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरेका छन् ।

नेपालले कक्षा ८ की शोभा राउत, कक्षा ७ का सुरज कामत, कक्षा ६ का आयुष मण्डल र कक्षा ४ की आरती मरिकलाई आफ्नो भत्ता वापतको रकम प्रदान गरेका हुन् ।

माध्यमिक विद्यालयका प्रअले वार्षिक रुपमा ६ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई सम्मानसहित रकम प्रदान गरिएको हो । सो अवसरमा वडाधक्ष मधुबाबु तिवारीको सम्मानसहित पूर्वप्रधानाध्यापक युगेश्वर मेहता र चक्रपाणि उपाध्यायलाई विदाई गरिएको थियो ।

कार्यक्रममा वडाधक्ष्य तिवारीले विद्यालयलाई पूर्ण सहयोग गर्दै जाने र संस्कृत शिक्षाको अझ बढी संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । संस्कृत विद्यालय भएपनि मुस्लिम, राई लिम्बू, थारु, चौधरी, राजवंशी, मैथिली, दलित र अत्यन्त पिछडा वर्गका केटाकेटीहरु पनि विद्यालयमा अध्ययनरत छन्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्