विराटनगर । मोरङमा ६ वटा पालिकालाई लक्षित गरेर स्काउट क्याम्प संचालन गरीने भएको छ ।
सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङ स्थानिय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनमा फागुन ६ गते देखी ९ गते सम्म क्याम्प संचालन गर्न लागिएको हो ।
स्काउटहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्न र स्वअनुशासनको अनुभुती गराई आत्मविश्वासमा समेत वृद्धि गराउने उद्धेश्यले क्याम्प संचालन गर्न लागिएको संयुक्त ट्रेनिङ क्याम्प २०७९ मुल आयोजक समितिका सचिव सन्तोष घिमिरेले बताए ।
‘आत्मविश्वासी, अनुशासित र साहसीक म’ भन्ने भावनाका साथ ३ रात ४ दिन क्यमाप संचलान हुने जनाइएको छ । उक्त क्याम्पमा मोरङ सहित प्रदेश १ का विभिन्न जिल्लाका पालिकाहरुको सामुदायिक तथा निजी विद्यालयहरुमा स्काउटमा आबद्ध हुने बिद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । ‘एक हजार दुईसय स्काउटहरुलाई सहभागी गराउने लक्ष्य राखेका छौँ,’ सचिव घिमिरेल भने ‘क्याम्पका विभिन्न क्रियुका १०० जना रोभररेञ्जरहरु सेवादलका रुपमा खटिनेछन् भने करिब ५० जना स्काउट मास्टर तथा लिडरहरुको सहभागिता रहनेछ ।’
घिमिरेका अनुसार क्याम्पमा सहासिक तथा आत्मविश्वास बढाउन र विपत व्यवस्थापनमा समेत सहयोग हुने विभिन्न ५३ वटा वेसहरु रहनेछन् ।क्याम्पमा स्काउट बाहेकका अन्य विभिन्न सामुदायिक तथा निजी विद्यालयका स्काउटमा आवद्ध नभएका विद्यार्थीहरुलाई समेत एक दिनको भ्रमण पासको व्यवस्थापन गरी दुइ हजार विद्यार्थीहरुलाई यो क्याम्प भ्रमण गराउने र स्काउटको गतिविधिको जानकारी दिने लक्ष्य राखेको उनले बताए ।
बालबालिकाको चारित्रिक, शारीरिक एवम् नेतृत्व बिकास, स्वावलम्बी, अनुशासित बनाउने उदेश्यले स्काउट क्याम्प संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।
स्वास्थ्य सचेतना, विपद व्यवथापन,सामाजिक कुरिती, अन्धविश्वास हटाउन जनचेतना मुलक कार्यक्रम समेत गरीने संयुक्त ट्रेनिङ क्याम्प २०७९ मुल आयोजक समितिका संयोजक बादल देवानले बताए ।


2 प्रतिक्रियाहरू
शुभकामना 🌷
तपॅाईहरूको सूचनाको प्रथम खण्डमा मोरंगका छ वटा पालिका भन्नु भएको छ । तल्लो अनुच्छेदमा प्रदेश नम्बरका १ का सामुदायिक र शंस्थागत विद्यालयका स्काउट भन्नु भएको छ , यो के भन्न खोजेको । बेजिल्लाका हामीलाई निम्ता गर्ने तरिका यही हो कि हामी बुझेर आईदिनु पर्ने ?बुझिएन। स्काउटमा निम्ता हुदैन?