वर्ल्डलिंकको सिएनआइ कोशी एक्स्पो अफर : ६०० देखिको प्याकेज

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड्लिङ्कले सिएनआइ कोशी एक्स्पोमा मासिक ६ सय देखि ६हजार ५०० सम्मका प्याकेजहरु उपलब्ध गराउने भएको छ।

विधार्थी थोरै युजर हुने घरायिसी उपभोक्तालाइ मासिक ६०० पर्ने गरेर वर्ल्ड्लिङ्कले ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउन सकिने जनाएको छ भने घरायिसी उपभोक्तालाइ १२० एमबिपिएस गतिको इन्टरनेट मासिक ८०० मा २०० एमबीपिएसको इन्टरनेट मासिक १०५० मा र ३०० एमबीपिएसको इन्टरनेट मासिक ११५० मा उपलब्ध गराउने भएको छ।

२०० एमबिपिएस देखि माथिका सबै इन्टरनेट प्याकेजमा वाईफाई कभरेज पर्याप्त होस् भनेर नोकियाको बिकन १ १ पनि निशुल्क उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले दिएको छ।

साथै वर्ल्डलिंकले साना तथा मझौला उधोग होटल रेस्टुरेण्ट र कार्यालय आदिलाई केन्द्रित गरेर मासिक २००० मा ५० एमबिपिएसको सेमी डेडिकेटेड , मासिक ३००० मा ७५ एमबिपिएस साथै मासिक ४००० मा १०० एमबिपिएस र ६५०० मा १५० एमबिपिएसको स्पिड उपलब्ध गराउने छ।

माघ १६, २०७९, दिउँसोको ०१:११ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर