विराटनगर । धनकुटा महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुती हेर्न अत्याधिक मानिसहरु जम्मा भएपछि भीडमा च्यापिएर घाइते हुने ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
जसमध्ये १६ जनाको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुती दिने कार्यक्रम थियो । त्यसक्रममा मानिसहरुको धेरै भीडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एकआपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।
घाइतेहरुको विवरणः
घोपा धरानमा उपचार भई रहेको घाईतेहरु
१. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने बर्ष ३१ की बिष्णु राई अवस्था मध्यम ।
२. ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू अवस्था गम्भीर २३ः०० बजे गोल्डेन अस्पताल बिराटनगर रेफर ।
३. वर्ष अ. ४५–५० की गोमा कार्की अवस्था मध्यम ।
४. वर्ष अ. २२-२३ की अनिषा राई अवस्था मध्यम ।
५. वर्ष अ. ४०-४२ को नारायण राई अवस्था मध्यम ।
६. वर्ष अ. ३-४ को नाम नखुलेको बच्चा अवस्था मध्यम गोल्डेन अस्पताल बिराटनगर रेफर ।
७. जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ अवस्था मध्यम ।
८. वर्ष अ. ३३–३४ की बुद्दिमाया लिम्बू अवस्था मध्यम ।
९. वर्ष अ. १७–१८ को सबिन पौडेल अवस्था मध्यम ।
१०. वर्ष ४०–४२ को सन्दिप साह अवस्था मध्यम ।
११. जिल्ला धनकुटा धनकुटा नपा ४ वस्ने वर्ष १२ को प्रवेश राई, अवस्था मध्यम ।
१२. जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल, अवस्था मध्यम ।
१३. जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।
१४. जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई, अवस्था मध्यम ।
१५. जिल्ला धनकुटा धनकुट नपा ५ बस्ने वर्ष ३० की बिनिता लिम्बू, अवस्था मध्यम ।
१६. जिल्ला धनकुटा धनकुट नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू, अवस्था सामान्य ।
१७. जिल्ला धनकुटा धनकुट नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू अवस्था सामान्य ।
१८. जिल्ला धनकुटा धनकुटा नपा ७ अ. बर्ष ५० को प्रकाश प्रधानलाई ११ बजे राती घोपा धरान पठाएको खुट्टामा चोट, बोल्न सक्ने ।
जिल्ला अस्पताल धनकुटामा १२ जना सामान्य उपचार पश्चात डिस्चार्च भएको
१.धनकुटा नपा ७ बस्ने बर्ष १४ को अंशु सुबेदी अवस्था सामान्य ।
२. धनकुटा नपा १ बस्ने बर्ष ४६ को बिसन तामाङ अवस्था सामान्य ।
३. धनकुटा नपा १ बस्ने बर्ष ४१ को उदिप राई अवस्था सामान्य ।
४. धनकुटा नपा १ बस्ने बर्ष ८ को आर्यन राई अवस्था सामान्य ।
५. धनकुटा नपा १ बस्ने बर्ष ४८ को नन्द कुमार तामाङ अवस्था सामान्य ।
६. धनकुटा ५ बस्ने बर्ष ४१ की शान्ता योगी अवस्था सामान्य ।
७. धनकुटा ३ बर्ष ४० कि रेनुका गुरागाई अवस्था सामान्य ।
८. पाख्रिबास १ बस्ने बर्ष २३ की रिना पाण्डे अवस्था सामान्य ।
९. धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना अवस्था सामान्य ।
१०. धनकुटा ६ बस्ने बर्ष ४० को प्रेम दाहाल अवस्था सामान्य ।
११. धनकुटा ५ बस्ने बर्ष ३० कि बिनिता सुब्बा अवस्था सामान्य ।
१२. पाख्रिबास ६ बस्ने बर्ष १७ को अनिश कार्की अवस्था सामान्य ।


