धनकुटा महोत्सको भीडमा च्यापिएर दर्जनौं घाइते भएपछि महोत्सव स्थगित

धनकुटा महोत्सको भीडमा च्यापिएर दर्जनौं घाइते भएपछि महोत्सव स्थगित

विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्याधिक भीड बढेपछि च्यापिएर कम्तिमा ३ जना गम्भीर घाइते भएका छन् । तीन दर्जन बढी मानिसहरु घाइते भएको हुनसक्ने धनकुटाका सञ्चारकर्मी इश्वर थापाले जानकारी दिए । आफूले एक दर्जन बढी एम्बुलेन्सबाट मानिसहरु उपचारका लागि ओसारिरहेको हेरेको उनले बताए ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए ।

उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने कार्यक्रम थियो । धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्याधिक भीड लागेको थियो । यसैबीच पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म संचालन गर्ने तयारी थियो । मेलामा सहभागी सरिता बराइलीका अनुसार केही मानिसको अवस्था गम्भीर रहेको आफूले देखेको बताइन् । धेरै संख्यामा मानिसहरु घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्