सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

सोलुखुम्बु । सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत वितरण गरेको छ । ७ परिवारलाई राहत वितरण गरेको हो । गत पुस ५ गते जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आगलागी भएको थियो ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर आगलागी भएको थियो ।आगोले बुद्धिबहादुर,कल्पना बस्नेत, रमेश बस्नेत, गणेश बस्नेत र इन्द्र बस्नेतकोको घर नष्ट भएको थियो ।

आगलागी पीडितहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राभण्डारीले चेक हस्तान्तरण गरेका छन । राभण्डारीले प्रत्येक परिवारलाई ५० हजारका दरले चेक हस्तान्तरण गरेका थिए । प्रदेश सांसद गोम्बु सेर्पा तथा प्रतिनिधिसभा सदस्य मानवीर राईको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । महाकुलसङ ३का कृपा विकलाई पनि राहत वितरण गरिएको छ ।

विभिन्न समयमा सोलुखुम्बुमा ११ घरमा आगलागी बाट क्षति भएको थियो । उनीहरूलाई प्रदेश १को आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षतिको विवरणका आधारमा राहत पठाएको थियो । पूर्ण क्षति भएकालाई ५० हजार उपलब्ध गराइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ११ परिवारका लागि ५ लाख २५ हजार उपलब्ध गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्