नेराक संगठन (निजामती)को ताप्लेजुङ र तेह्रथुम जिल्ला समिति निर्माण

नेराक संगठन (निजामती)को ताप्लेजुङ र तेह्रथुम जिल्ला समिति निर्माण

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को ताप्लेजुङ र तेह्रथुम जिल्ला समिति गठन भएको छ ।

ताप्लेजुङ समितिको अध्यक्षमा नवराज गिरी चयन भएका छन् । जिल्ला सम्मेलनबाट उपाध्यक्षमा बिमल याक्सो, डेभिड ढकाल, सचिवमा गोपाल बराल, सहसचिवमा सविता पौडेल र कोषाध्यक्षमा सीता लिम्बू चयन भएका छन् ।

सदस्यहरुमा दिपक पौडेल, विन्देश्वर यादव, प्रदिप साह, बमबहादुर लिम्बू, ज्ञानबहादुर बनेम, कुमार गुरुङ, गोपी प्रसाईँ, रमला लिम्बू, कल्पना न्यौपाने, जापान मादेन र दिपक भण्डारी चयन भएका छन् । सम्मेलनबाट केन्द्रीय प्रतिनिधिमा डिभिड ढकाल र प्रदेश प्रतिनिधिमा गोपाल बराल, विन्देश्वर यादव र दिपक पौडेल चयन भएका छन् ।

यस्तै तेह्रथुम जिल्ला सम्मेलनबाट भने प्रकाश लकान्द्रीका अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दिपक पोखरेल, सचिवमा कृष्णकिरण कार्की, सहचिवमा रमेश भट्टराई, कोषाध्यक्षमा उमेश राय र सदस्यहरुमा युवराज खड्का, सागर गुप्ता, भोला निरौला, विरेन्द्र यादव, मिथिलेस यादव, चन्दन शर्मा र गोविन्द यादव रहेका छन् ।
सम्मेलनबाट केन्द्रीय प्रतिनिधिमा कृष्ण किरण कार्की र उमेश राय चयन गरेको छ भने प्रदेश प्रतिनिधिहरुमा दिपक पोखरेल र भोला निरौला चयन गरेको छ ।

1 प्रतिक्रिया

बिन्देश्वर साह
माघ १५, २०७९

ताप्लेजुङ को सदस्य बिन्देश्वर साह हुनु पर्नेमा अन्यथा भएको सच्चयाउनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्