विराटनगर । भारतमा एकैदिन एक हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा पहिलो पटक एक हजार बढी व्यक्तिमा सङ्क्रमण भेटिएको जनाएको हो ।
भारतमा अहिले सम्म ७ हजार ४ सय ४७ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । तर वलर््डोमिटरको तथ्यांक अनुसार भारतमा ८ हजार ४२६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । टाइम्स अफ इन्डियाले पनि ८ हजार ४२६ जनामा संक्रमण भएको र २ सय ९० जनाको मृत्यु भएको दावी गरेको छ ।
भारतको राजधानी दिल्लीमा हालसम्म एक हजार ६९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यो महाराष्ट्रपछिको दोश्रो प्रभावित राज्य हो । भारतमा संक्रमणबाट महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गना लगायतका राज्य धेरै प्रभावित छन् । जारी संक्रमण संख्यालाई ध्यानमा राख्दै भारतले थप दुई साता लकडाउन अवधि बढाउने तयारी गरिरहेको छ ।