दुर्घटनाग्रस्त विमान १०ः५० सम्म टावरको सम्पर्कमा

दुर्घटनाग्रस्त विमान १०ः५० सम्म टावरको सम्पर्कमा

पोखरा । यति एयरलाइन्सको नाइन एन एएनसी जहाज दुर्घटनाअघि विमानस्थलको टावरसँगको सम्पर्कमा रहेको खुलेको छ ।

विमानको चालक दलले सेती खोंचबाट अन्तिम पटक १०ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरेको पाइएको हो ।

विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरेर उक्त जहाज आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको उल्लेख गरेको छ। जहाजले पोखरा टावरसँग १०ः५० मा सेती खोच भन्ने स्थानबाट सम्पर्कमा आएको र लगत्तै दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार काठमाडौंबाट उडान गर्दा र पोखरासँगको टावरसँगको सम्पर्कका क्रममा पनि अवतरणका लागि अनुमति दिएपछि जहाज दुर्घटना भएको हो ।
उडान तथा अवतरणका क्रममा मौसमसहित अन्य सबै विषय क्लियर रहेको अवस्थामा पोखरा टावरले अवतरणको अनुमति दिएपछि जहाज दुर्घटना हुनुको कारण अनुसन्धान भइरहेको उनको भनाइ छ ।

जहाजमा चालक दलका ४ जना र ६८ यात्रु सवार थिए। अहिलेसम्म ३६ जनाको शव फेला परेको छ भने उद्धार कार्य जारी छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्