दुर्घटनाग्रस्त विमानमा को–को सवार थिए ?

दुर्घटनाग्रस्त विमानमा को–को सवार थिए ?

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेको बताएको छ।

काठमाडौंबाट १०ः३२ मा पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना, कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एनवाईटी ६९१, ९एन एएनसी पोखरा टावरमा १०ः५० सम्म सेती खोचमा सम्पर्क आएको थियो। पोखरामा २ वटा हेलिकप्टर उद्धारमा लागेको र आवश्यक अनुसार हेलिकप्टर स्ट्यान्डबाई रहेको प्राधिकरणले जनाएको छ।

एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसी र अन्जु खतिवडा रहेका छन्। सुजना होंगचुन, ओसिन आले मगर चालक दलमा परिचारिकाको रुपमा विमानमा रहेका थिए।

दुर्घटनामा परेको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ। विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार थिए । उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार उनीहरूले पोखरा घरमा विदा मनाउन पोखरा जान विदा लिएका थिए । घर नै पोखरा भएको कारण बिदा मनाउन घर गएको जहाज दुर्घटनामा परेको उनले बताए ।

यस्तै विमानमा दोहोरी गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ ।

उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् । उनले हिजो मात्र फेसबुकमा ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् ।

विमानमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पनि रहेको बताइएको छ । पोखरा घर भएका उनी काठमार्डाैबाट विहान मात्र पोखरा जाने भनेर विदा भएको पत्रकार कमल गिरीले जानकारी दिएका छन् । उनी विमानमा सवार यात्रुको लिष्टमा उनको पनि नाम छ । यद्यपी त्यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

विमानमा रहेका यात्रुहरु
१) किसान आचार्य
२) निशान्त आचार्य
३) शालिगराम आचार्य
४) सडकात अलिमिया
५) पूर्ण बहादुर गुरुङ
६) जितेन्द्र बहादुर कुँवर
७) एलिना बन्ड्रो
८) अनिशा बानियाँ
९) स्लक भट्ट
१०) निरा छन्त्याल
११) आशिमा गुरुङ
१२) अनुशा गुरुङ
१३) बेलमान गुरुङ
१४) विजयकुमार गुरुङ
१५) जीवनकला गुरुङ
१६) माया गुरुङ
१७) लक्कि गुरुङ
१८) शिवकुमार गुरुङ
१९) सिता गुरुङ
२०) यमुना गुरुङ
२१) यास्मिन गुरुङ
२२) रविन हमाल
२३) सन्जय जैसवाल
२४) सोनु जैसवाल
२५) रचना काफ्ले
२६) सीता कुमारी खड्का
२७) अनिल कुमार राजभार
२८) भगवती कुँवर
२९) अविशेक कुश्वाह
३०) ओम माया गुरुङ
३१) सुस्मा पाण्डे
३२) हरि परियार
३३) लक्ष्मी परियार
३४) रिता परियार
३५) अरुण पौडेल
३६) लक्ष्मी पौडेल
३७) प्रसिद्धि पौडेल
३८) त्रिभुवन पौडेल
३९) पोजन राना
४०) सविना रायमाझी
४१) राजन सापकोटा
४२) अनिल शाही
४३) संगिता शाही
४४) जमुना शर्मा
४५) विशाल शर्मा
४६) युवराज शर्मा
४७) मोहन श्रेष्ठ
४८) डा. शोना दिवाकर
४९) बन्दना सुनार
५०) राजुसिंह ठकुरी
५१) चुर्ण थापा
५२) गणेश थापा
५३) लवराज तिमिल्सिना
५४) मेरोल लभ
५५) आयूरी ल्यागीन
५६) भिक्टर ल्यागीन
५७) जेनितसन्डरा पालाभेकिनो
५८) भिक्टोरिया अतुनिना
५९) इलिना बण्डुरो
६०) रुअनकालुम क्रिघ्टोन
६१) एलेक्जेण्डर आइरिडोरे

शिशुहरु ः
६२) कृष परियार
६३) प्रसिद्धी पौडेल
६४) आयुर्दि शर्मा
६५) बेबी शर्मा
अन्य तीन जनाको नाम खुलेको छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्