ठगी नगरेको दावी

विराटनगर । विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केटले अंकित मूल्य भन्दा बढीमा खाद्यवस्तु बिक्री नगरेको दावी गरेको छ ।

भाटभटेनीले भारतीय कम्पनी अमुल ब्राण्डको २०० ग्राम बटर अंकित मूल्यभन्दा २ सय २१ रुपैयाँ बढी लिएर बिक्री गरेको शुक्रबार सार्वजनिक भएको थियो ।

भाटभटेनीले आफूले ३ सय ७६ रुपैयाँ ३५ रुपैयाँमा कम्पनीबाट किनेको, त्यसमा ४० प्रतिशत अर्थात १ सय ५० रुपैयाँ ५४ पैसा भन्सार कर, २.५ प्रतिशत अर्थात् १३ रुपैयाँ १७ पैसा अन्तशुल्क र १३ प्रतिशत अर्थात् ७० रुपैयाँ २० पैसा मूल्य अभिवृद्धि कर जोडेर ६ सय १० रुपैयाँ २६ पैसा पुग्ने भएपनि आफूहरुले उक्त वस्तु ५ सय ९७ रुपैयाँमा बिक्री गरिरहेको दाबी गरेको छ ।

भाटभटेनी सुपरमार्केटका प्रबन्धक/व्यवस्थापक विनोद भट्टराईले कुनै पनि सामानमा ठगी नहुने दावी गर्नुभयो ।

शनिबार, २९ चैत, २०७६, दिउँसोको ०१:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर