माओवादीबाट सभामुखको उम्मेदवार बनेका गौतमलाई समाजवादीको पनि समर्थन

माओवादीबाट सभामुखको उम्मेदवार बनेका गौतमलाई समाजवादीको पनि समर्थन

विराटनगर । प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेको छ।

ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावकमा एमालेका रेवतीरमण भण्डारी छन् भने समर्थकमा प्रतिपक्षीसहित सत्ता साझेदारका ३ सांसद रहेका छन् ।प्रतिपक्षीका एकीकृत समाजवादीका कमल जवेगु समर्थक रहेका छन भने
समर्थर्कमै माओवादी केन्द्रका नारायण बुर्जा मगर राप्रपाका गोपाल बहादुर विश्वकर्मा रहेका छन् ।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । अहिलेकै अवस्था कायम रहिरहे गौतमले ६४ मत प्राप्त गर्नेछन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ र नेकपा एसका ४ गरी ६४ सांसदको समर्थन प्राप्त हुनेछ ।

९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् । मनोनयनको समय ५ बजेसम्म तोकिएको छ। गौतमले प्रदेश सभा सचिवालयमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिपक्षीको बेञ्चमा रहेका नेपाली कांग्रेसले भने कुनै निर्णय गरेको छैन। सभामुखको निर्वाचन भने २८ गते हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्