विराटनगर । पाँचथरको फिदिममा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउने टारमा आगलागीमा परि दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन ।
मेघबहादुर गुरुङको घरमा आगलागीमा हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबेको आगालागिमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
५५ वर्षीय मेघबहादुर र उनका छोरा विजेन्द्र गुरुङ भने घाइते भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताएका छन । खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् ।राति १ः ३५बजे आगलागी भएको थियो ।
तिन तले ढुङ्गा माटोले बनेको टिनको छानो भएको घर पुर्णरुपमा जलेको थियो । ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!