काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (मंगलवार) निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन उनले भोली निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले छलफल गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले सचिवका कार्यविवरण सुनिसकेपछि मंगलवार आवश्यक निर्देशन दिने छन् ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!