प्रदेश प्रमुख परशुराम खापुङद्वारा अधिवेशन आह्वान

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका छन् ।

संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन ।
प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मङ्गलबार, १२ पुष, २०७९, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर