

विराटनगर । प्रदेश १ का नव निर्वाचित सांसदहरूले आज शपथग्रहण गर्दै छन । दिउसो १ बजे उनीहरूले शपथग्रहण गर्नेछन् ।
प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभा सदस्यहरूलाई शपथ खुवाउने छन । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित भएकामध्ये उनी जेष्ठ सदस्य हुन् । जेष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने र उनले अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउने संवैधानिक व्यवस्था छ । उनी ७९ वर्षका हुन ।
साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईलाई शपथ खुवाउने र १ बजे अन्य सांसदहरूलाई शपथ खुवाउने प्रदेशसभा सचिव गोपाल पराजुलिले बताए ।
प्रदेश सभामा पाँच जना सांसदहरूले मातृभाषामा लिने छन । संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिनेहरूमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू छन ।