कुमार लुइँटेल
रजनीशपुरमको विघटनपछि अमेरिकाबाट भारत फर्किएका ओशोले आफ्नो बाँकी समय सन् ९० को दशकसम्म पुना आश्रममा बिताए । त्यहाँ विश्वभरबाट विदेशी सन्यासीहरुको ठूलो जमघट हुन्थ्यो । त्यही मेसोमा विराटनगरबाट सन् १९७९ मा नन्दप्रसाद घिमिरे आफ्ना मित्र जितबहादुर अर्जेलसँग साथ लागी पुना पुगे । त्यहाँ ओशो इन्टरनेशनल संचालित छ । बर्सेनि हज्जारौं ओशो सन्यासी भेला हुन्छन् ।
कडा मिसाज, हत्तपत्त तर्क र विचारले नगल्ने । तथ्यगत, प्रमाणिक आधार र आफूले प्रयोग गरेर अनुभव नलिउञ्जेल कसैको विश्वास नगर्ने स्वभावका छन् अर्जेल । तत्कालीन राजपरिषद स्थायी समितिका सदस्य अर्जेलकै संगतले नन्दप्रसाद पनि ओशोप्रति आकर्षित थिए । ‘‘मानिसलाई गुरु मान्दिन’’ भन्ने दृढ संकल्पमा थिए घिमिरे । ‘‘मनमा उठेका आध्यात्मप्रतिको जिज्ञासा मेट्न सक्ने ताकत ८० को दशकसम्म कुनै गुरुमा भेट्टाएनन्’’ उनी अनि उनका मित्र अर्जेलले । आध्यात्मका स–साना विषयलाई निकै सुक्ष्म रुपमा विश्लेषण गर्ने बानी छ, उनको । तर्कसंगत, वैज्ञानिक र व्यवहारिक ढंगले आफ्ना विचार प्रस्तुत गर्ने शैली र सैद्धान्तिक रुपमा अरुलाई प्रभावित पार्न सक्ने खुबीका कारण ओशोप्रति आशक्त थिए, घिमिरे । ओशोको प्रवचन र किताबका हरफबाट फत्रकै भएका तिनै सन्यासी चुपचाप बिदा भएका छन् । तीन दिनअघि शरीर छाडेका घिमिरे विराटनगरको ओशो आश्रम खडा गर्ने संस्थापकमध्येका एक हुन् । उनका श्रीमती र तीन छोरी छन् ।
पुनामा ओशोको पाउ स्पर्श गरेर माला लिएर सन्यासी बनेर फर्किएका उनी बेलाबेला आश्रम पुग्थे । आफ्नो कहानी नयाँ सन्यासीहरुलाई बताउँथे । धेरै कम बोल्ने विराटनगर–२ निवासी उनी जीवनलाई भित्रैबाट बुझ्न प्रेरणा दिईरहन्थे ।
मित्र नन्दराम घिमिरेलाई साथ लिएर सन् १९८० मा जोगबनी स्टेशनबाट रेल चढ्दाको अनुभव अर्जेलले सुनाएका थिए । जोगबनीबाट भारत हिँडेका थिए । ननस्टप रेल चढ्नु पर्ने थियो । तर, रेल अदलीबद्ली भएछ । अर्कैमा बस्न पुगेछन् । सुत्नबस्न पनि नपाउने । झन्झटिलो यात्रा भयो । बाटोमै उत्रिए । तर, भाग्यवस पुना नै हिंडेका रजनीशकै एकजना सन्यासी स्टेशनमा फेला परे । उनले ‘‘चिन्ता मत करो हम लेके जाएंगे’’ भने । ओशोको माला लगाएका थिए । तर, उट्पट्याङ तरिकाले बोलिरहने । उनैले अर्को रेलको टिकट मिलाए । ‘‘यसले के पु¥याउला ? भन्ने भाव आइरह्यो । आफूँ मात्र बोल्दथे,हामीलाई त बोल्नै नदिने’’, अर्जेलले विगत कोट्याए,‘‘तर, पु¥याउन चैं पुना नै पु¥याए । गुरुकै कृपा थियो । शायद । उनी हामीलाई सहयोग गर्नकै लागि आईपुगे जस्ता थिए ।’’
रेल चढेर तीनैजना पुना पुगे । आश्रममा ८ बजे बिहानबाट ध्यान शुरु हुन्थ्यो । ध्यानका धेरै विधि सिकाइन्थ्यो । दैनिक निकै ठूलो घुइँचो हुन्थ्यो । नेपालबाट अरु आए नआएको भेउ पाएनन् । तर, अर्जेलल र नन्दरामले १५ दिनको टिकट काटे । भारु १ सय ५० शुल्क तिरे । त्यसबेला ओशो आश्रम पुनाप्रति निक्कै ठूलो आकर्षण थियो । यद्धपि अहिले पनि छ । उबेला कडीकडाउ नियम थिए । ‘‘बडीस्प्रे वा सुगन्ध’’ लगाएर प्रवेश गर्न पाइन्थ्यो । ‘‘सेन्टलेस’’ साबुन प्रयोग गर्न भनिन्थ्यो । उनीहरुले आश्रमको हरेक नियम माने ।
ओशोले किताब रटेर जवाफ दिने गरेको आशंकाबचि नन्दराम र अर्जेलले सेतो कागजमा सफा अक्षरले प्रश्न लेखें र ‘‘ह्वाइट बक्स’’मा खसाले ‘‘तपाइँले आफ्नो हातबाट सन्यासीलाई माला दिन बन्द गर्नु भएको छ । हामीलाई आर्शिवादको रुपमा दिने माला अब तपाइँका प्रतिनिधिले दिन्छन् । के तपाइँले यसअघि दिएको माला लगाउनेहरु र अरु सन्यासीले दिएको मालाधारीबीच द्वन्द्व हुन्छ भन्ने लाग्दैन् ?’’ अर्जेलले यही प्रश्न ओशोलाई सोधेका थिए । जवाफ आएन । यसबारे बोलेनन । भोलिपल्ट र पर्सिपल्टसम्म दुबैले पर्खिएँ । तर, जवाफ आउँदै आएन् । निरास भए ।
‘‘देख्नु भो नन्दराम जी ओशोले किताब रटेर आउँछन् अनि फरर प्रवचन सुनाउँदा रहेछन् । नत्र मेरो प्रश्नको जवाफ दिने थिएनन् त ?’’ नन्दरामको सुझाव थियो ‘‘अब अर्को प्रश्न खसालौं ।’’ रटेरै आउँछन् होला भन्ने शंकाबीच फेरि अर्को प्रश्न राखे । पाचौं दिनको बसाई थियो । ‘‘भगवान ! कर्म, भक्ति और ज्ञान स्वभाव से होता है या प्रभाव से ?’’ प्रश्नकर्ता भक्तओम, ठेगाना नेपाल उल्लेख गरेर ह्वाइट बक्समा अर्को प्रश्न खसालिदिए । अर्जेलको आध्यामिक नाम भक्तओम थियो ।
तर, अचम्म भयो । अर्को दिन ओशोबाट प्रश्नको जवाफ आयो । त्यही विषयमा गुरुले बोले । ‘‘तिम्रो स्वभावमा हुन्छ । गुरु प्रभावले मात्र दिने हो । ज्ञानभक्ति कर्म त तिम्रो स्वभावमा छ । दिनेले दिएको हो ’’ यस्तै यस्तै । अर्जेलको प्रश्नमा गुरुले निकै लामो प्रवचन सुनाए । त्यो कुनै प्रवचनमालाको श्रृखंलामा संग्रहित छ । तर, कुनमा भन्ने हेक्का छैन् । खासमा ओशोले दिएका प्रवचनहरु क्यासेटमा सुरक्षित छन् भने तिनलाई नै ‘‘ट्रान्सक्राइब’’ गरेर किताबको रुपमा उतारिएका हुन् । ४५ मिनेटको क्यासेट एकातिर भरिएपछि अर्कोतिर पल्टाएर गुरुका प्रवचन रेकर्ड गरिन्थ्यो ।
‘‘नन्दराम जी र म मुस्किलले नौफिटको दूरीमा थियौैँ । अघिल्लो लाइनमा बलिउड हिरो बिनोद खन्नालगायत थिए । त्यो हलमा मेरै प्रश्नको विषयमा ओशोको धाराप्रवाह वाणी वर्षन थाल्यो । अब रटेको हो भनौ भने मैले किताब लेखेको छैन् । के हेरेर रटे होला भन्ने ?’’अर्जेलले भने,‘‘मेरा सबै आशंका दूर भऐ । मानिस होइन साक्षात प्रकृति मेरो सामु बोलिरहेको छ भन्ने बुझ्न मलाइ कठिन भएन् । एकै आसनमा घण्टौ बस्दा दाहिने हातका केही औंलामात्र हल्लाउँदै ओशोको धाराप्रवाह प्रवचन दिनसक्ने खुबी देखेर म दंग भएँ । ५ सय मानिस अटाउने हल थियो त्यो, तर हामी गुरुको निक्कै नजिक थियौं,’’ यतिबेलासम्म अर्जेलले बुझिसकेका थिए ‘‘ओशो निक्कै प्रतिभाशाली गुरु हुन् ।’’ ओशो बस्ने ३ फिट अग्लो मञ्च थियो । ‘‘मुभिङ’’ कुर्सीमा बस्दथे । एकनासले बोल्थे । हातखुट्टा स्थिर हुन्थे । हातको औंलामात्र बेलाबेला चलाउँथे । स्थिर बसाई तर धाराप्रवाह प्रवचन । अर्जेल लठ्ठिए ।
नन्दरामलाई अर्जेलले भने,“अहिले सन्यास नलिउँ ।” भोलिपल्ट फेरि दुबै जना ओशोको प्रत्यक्ष प्रवचन सुन्न हल पुगे ।रजनीशले एक एक व्याख्या गरे । उनको क्षमता देखेरै लाग्यो साधारण मानिस रहेनछन् । अर्जेल र नन्दरामले सत्य बुझे । अब ‘सन्यास लिन्छु भन्ने भाव आयो । यो अवसर छुट्ने भो भन्ने पिरसाथै थियो । निर्णय गरेर फाराम भरे । ‘‘तीनबार झगडा करके गएथे अब फिर आए हो’’, सन्यास फारम भराउने स्वयम्सेवकले अर्जेलसंग असन्तुष्टि पोख्तै भने,‘‘नहिलेना है कहे थे अब नही होगा ।’’ तर, भगवान ओशोबाट सबै जिज्ञासा दूर भएका अर्जेल र नन्दराम उनकै हातबाट सन्यास लिन चाहन्थे । सन्तुष्टि र आत्मबोध भइसकेको थियो । फाराम भर्न गए । ‘‘कहते थे नही भरेंगे,’’ स्वयम्सेवक फेरि बोले । तर, दुबैले इच्छा जनाए । फारम भरे । अनि गए सन्यास उत्सवमा । शुरुमा अर्जेलले ओशो पाउ स्पर्श गरेर ढोगे । फूल जसे नरम । अनि नन्दरामले पाउ समाए ।
‘‘नेपालबाट आएको भनेपति केहीबेर राख्नुभयो । हामीलाई अलि बढी समय दिनुभयो,’’ अर्जेलले वित सुनाउँदै भने,‘‘नेपालमा आश्रम खोल्ने योजना सुनायौं,सानो चिरकटोमा ‘धर्म प्रदीप रजनीश ध्यान आश्रम’ । भगवानले एकहातले नन्दराम र अर्को हातले मेरो आज्ञाचक्रमा स्पर्श गर्नुभयो । अब अरु सन्तुष्टि के चाहिएको थियो र ?’’ यसरी विराटनगरको ओशो आश्रमको नामकरण भएको थियो । मनको द्विविधा हटेपछि नन्दराम र अर्जेल विराटनगर फर्किए । अनि विराटनगरमा आश्रम खोल्न सक्रिय भएर लागे ।
स्वामी नन्द प्रसादको तस्बिर राख्न अनुरोध ।
लेखको अन्त्य छोटो भएको लाग्यो ।