पार्टी सभापति र संसदीय दलको नेताबाट देउवाले राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका छन ।

सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ ।

हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन भन्दै प्रश्न समेत गरेका छन ।

उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने समेत लेखेका छन ।

सोमबार, ११ पुष, २०७९, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर