विराटनगर । कोरोना भाइरसको कारण विश्वका एक लाख मानिसले ज्यान गुमाएका छन् । तथ्यांक अपडेट गरिरहेको वल्र्डोमिटरका अनुसार भाइरस संक्रमणबाट १ लाख १५६ जनाको मृत्यु भएको छ ।
भाइरसका कारण सबैभन्दा धेरै इटलीमा १८ हजार ८४९ जनाको मृत्यु भइसकेको छ । त्यसपछि अमेरिकीहरुको धेरे मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १७ हजार ९०९ जनाको मृत्यु भएको छ ।
अमेरिका पछि स्पेनले ठूलो क्षति ब्यहोरेको छ । अहिलेसम्म स्पेनमा १५ हजार ९७० जनाको मृत्यु भएको छ ।
विश्वमा एक लाख मानिसको मृत्यु हुँदा कोरोना भाइरस १६ लाख ३९ हजार ७६३ जनामा संक्रमण भइसकेको छ । संक्रमण फैलने क्रम तिब्रगतिमा छ । दैनिक झण्डै १ लाख व्यक्तिमा नयाँ संक्रमण हुन थालेको छ ।