विराटनगर । प्रदेश १ मा नेकपा एमालेले संसदीय दलको नेता छानेको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन् ।
दलको नेतामा मेन्याङ्बोले पनि इच्छा देखाएकोमा आइतबारको बैठकमा उनले दाबी नगरेपछि कार्की सर्वसम्मत भएका हुन् । नेता कार्की झापाको निर्वाचन क्षेत्र नम्बर ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की भएका हुन् । उनी २०७४ साल फागुनदेखि २०७७ कात्तिकसम्म प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।