विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम देखिन थालेकाले मास्क प्रयोग गर्न आग्रह गरेको छ।
‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा . समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।