१ बजे नवनिर्वाचित सांसदहरुलाई आज पशुपति शमशेर जबराले शपथ गराउने

विराटनगर । पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ गराउने भएका छन् ।

संसद सचिवालयका अनुसार शपथ लिने सांसदहरु राष्ट्रिय पोशाक वा आफ्नो पहिचान झल्काउने पोशाकमा ११ बजे पुग्नुपर्ने छ भने १ बजे जबराले शपथ गराउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

बिहिबार, ०७ पुष, २०७९, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर