राष्ट्रपतिले पशुपतिलाई आज शपथ खुवाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउने भएकी छिन ।
शितल निवास स्रोतका अनुसार बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्ने छन । उनले आज राष्ट्रपतिबाट शपथ खाएपछि भोली (बिहीबार) प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।

बुधबार, ०६ पुष, २०७९, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर