विराटनगर । माइती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालासँग मंगलबार विराटनगरमा छलफल गरेको छ ।
विराटनगरमा क्रियाशील विभिन्न संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कानुन व्यवसायी लगायतको सहभागितामा मानव वेचविखन र यसको वर्तमान अवस्था, प्रभावहरु र सरोवालाहरुसँगको सहकार्य र समन्वयको विषयमा अन्तरक्रिया गरेको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।
कार्यक्रममा उप–अनुसन्धान निर्देशक बासु सिग्देल, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, मानव अधिकार सञ्जालका अध्यक्ष डिकप्रसाद घिमिरे लगायतले खुल्ला सिमानाका कारण मुख्य नाकाहरुबाट भन्दा पनि अन्यत्रबाट सिमा कटाउने गरिएको पाइएको बताए । छलफलमा उनीहरुले मुख्य नाकासँगै अन्यत्र पनि निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए ।
मानव बेचविखन नियन्त्रणका लागि यसअघि सीमा क्षेत्रका ब्युटी पार्लरका सञ्चालक, सीमा क्षेत्रमा सञ्चालित अटो, सिटी सफारीका चालकहरुसँग अन्तरक्रिया गरेको माइती नेपालकी गीताञ्जली शर्माले जानकारी दिइन् । कार्यक्रमका विभिन्न क्षेत्रका २६ जनाको सहभागी थिए ।