‘गरिबको घरमै राहत पुर्याउनु’

विराटनगर । मुख्यमन्त्री शेरधन राईले राहत वितरणमा भीडभाड नगर्न र विपन्न परिवारलाई घरमै राहत पु¥याउने व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

राहत वितरणका क्रममा सार्वजनिक स्थानमा भिड हुनथाालेपछि मुख्यमन्त्री राईले घरमै राहत पुर्याउने प्रवन्ध गर्न आग्रह गर्नुभएको हो ।

विराटनगरमा शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले राहत वितरणका लागि सुरक्षासँग समन्वय गरेर डेलिभरी भ्यान मार्फत पुर्याउन सकिने उपाय सुझाउनु भएको छ । पहाडमा भन्दा राहतको वितरण र व्यवस्थापन मिलाउन तराईमा थप मिहेनत गर्नुपर्ने भएकोले सुरक्षा समन्वयमा ति काम गर्न उहाँले निर्देशनसमेत दिनुभएको छ ।

भाईरस संक्रमण रोकथामका लागि सीमा नाका र खुला सीमाका विभिन्न सम्भावित मार्गहरुमा सुरक्षा निगरानी गरी थप कडाई गर्नुको विकल्प नभएको पनि मुख्यमन्त्री राईले बताउनुभएको छ ।

शुक्रबार, २८ चैत, २०७६, रातीको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर