प्रदेश १ : ३० हजारको परीक्षण गरिने

अबको जोड ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’नै भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जोड

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताउनु भएको छ ।

सुरक्षा परामर्श समितिको आज बसेको बैठकमा मुख्यमन्त्री राईले यस्तो जानकारी दिनुभएको हो । ¥यापिड टेस्ट आजदेखि सुरु गरिसकेको उहाँको भनाइ छ । उहाँले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट पहिलो प्राथमिकता रहने बताउनु भयो । त्यसपछि प्रदेशका २० देखि ३० हजारको ¥यापिड टेस्ट र एक हजार बढीको स्वावको चाँडै परीक्षण गर्ने उहाँले बताउनु भयो ।

सीमा क्षेत्रमा कडाइ गरिने

यस्तै संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताउनुभयो । यसका लागि तयारी गर्न समेत सबै सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ती व्यवस्था, राहात वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राहत वितरणको भीड हटाइने

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै मानिसलाई आवत–जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गर्नुभएको छ ।

शुक्रबार, २८ चैत, २०७६, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर