निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ सबै सदस्यको परिणाम आएपछि आयोगले आज प्रतिवेदन बुझाउन लागेको हो ।
.
आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको जानकारी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

यसैबीच, निर्वाचन आयोगले देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्ने जनाएको छ । त्यसका लागि पनि आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्