धरानका मेयरलाई आत्मालोचना गर्न दलित आयोगको आग्रह

धरानका मेयरलाई आत्मालोचना गर्न  दलित आयोगको आग्रह

विराटनगर । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अभिव्यक्ति सच्याउन माग गरेको छ ।

मेयर हर्क साम्पाङ राईले मंगलवार आफ्नो फेसबूकमा ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने स्टाटस लेखका थिए ।

आयोगले कुनै जातप्रति(चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगर प्रमुख साम्पाङलाई अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध समेत गरेको छ ।

‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौं,’ आयोगद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्