विराटनगर । कतारमा सञ्चालन भइरहेको फिफा विश्वकप २०२२ को ट्रफी भारतीय नायिका दीपिका पादुकोणले अनावरण गर्ने भएकी छन् ।
दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।
पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन् । दीपिकाको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । दीपिका पादुकोणले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् ।
अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।
दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् । कान्स फेस्टिभलमा निर्णायक सदस्य पनि बनाइएको थियो
दीपिका पादुकोण अहिले ग्लोबल स्टार बनेकी छिन् । हलिउडमा धेरै फिल्म गरेपछि हालै दीपिका पादुकोणले पनि आफ्नो व्यापार पनि सुरु गरेकी छिन् । दीपिका पादुकोणलाई फिफा विश्वकपमा बोलाइनु उनको लागि ठूलो उपलब्धि हुनेछ ।
हालै दीपिका पादुकोणलाई कान्स फिल्म फेस्टिबलमा निर्णायक सदस्यको रुपमा पनि चुनिएको थियो । साथै, गोल्ड ब्युटी रेशियोमा पनि विश्वका १० सुन्दर नायिकामा दीपिका पादुकोणको नाम पनि आएको थियो ।
विश्वकप फुटबलको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।