सुनसरी ४मा मत गणना अगाडि नबढाए सडक संघर्ष थाल्ने एमालकोे चेतावनी

सुनसरी ४मा मत गणना अगाडि नबढाए सडक संघर्ष थाल्ने एमालकोे चेतावनी

सुनसरी । सुनसरीको क्षेत्र नम्बर ४ को अवरुद्ध मत गणना अगाडि नबढाएसडक संघर्ष थाल्ने एमालेले चेतावनी दिएको छ । प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको अगाडी नबढाए सडक संघर्ष गर्ने चेतावनी दिएका छन ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कुसियैतले कानूनसंगत मत गणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरीत विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोप लगाए । मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने उनले चेतावनी दिएका छन ।

सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ ।कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग राख्दै उजुरी हालेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्