उदयपुर १ मा रोकिएको मतगणना सुचारु गर्न आयोगको निर्देशन

विराटनगर । उदयपुर १ मा रोकिएको मतगणनाा सुचारु गर्न आयोगले निर्देशन दिएको छ । १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिए पछि हिजो देखी गणना रोकिएको थियो । आयोगले सहमतिका आधारमा मतगणना अगाडि बढाउन निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिचपत्र गर्दै आयोगले मतगणना पुर्व भएको सहमतिका आधारमा मतगणना अगाडी बढाउन निर्देशन दिएको हो ।

६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका थिए।

कुल ७६ हजार ७५६ मत खसे उदयपुर –१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छन ।

खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

सोमबार, १२ मंसिर, २०७९, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर