सुनसरी ३ मा भगवतीको अग्रता कायमै

विराटनगर । प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीको अग्रता कायम रहेको छ ।

पछिल्लो गठनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ४२१० मतान्तरले पछि पारेकी छन् ।

चौधरीले ३०१५५ मत प्राप्त गर्दा गच्छदारले २५९४५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६१२३ मत पाएका छन् । अब गढी गाउँपालिकाको ५ र ६ तथा बर्जु गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको छ ।

सोमबार, १२ मंसिर, २०७९, दिउँसोको १२:२५ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर