धनुषा ४ मा काँग्रेसको अग्रता रघुवीर महासेठ ४८९ मतले पछाडि

धनुषा । धनुषाको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री रघुवीर महासेठ ४८९ मतले पछाडि परेका छन् ।

पछिल्लो मतगणनाअनुसार महासेठले २५ हजार ७९१ मत पाउँदा नेपाली कांग्रेसका महेन्द्र यादवले २६ हजार २८० मत ल्याएर अग्रता लिएका छन् ।

जनता समाजवादी पार्टीका महाजन यादवले ४ हजार ७९४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले २ हजार ७५८ मत पाएका छन् ।

 

सोमबार, १२ मंसिर, २०७९, बिहानको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर