साथी ! म त सांसद भए है !

 गणेश लम्साल

साथी गणेश ! हामी यसपाली प्रदेश र प्रतिनिधिसभाको सांसदमा निर्वाचित भयौं । लामो संघर्ष गर्दा बल्ल राजकीय पदमा जान सकिने रहेछ भन्ने हामीलाई ज्ञान भयो । आधा जीवन राजनीति गरेर बल्ल यसपाली पार्टीभित्र निक्कै बल गरेर मात्र टिकट पाउन सफल भएका थियौं । र, लाखौं खर्च गरेर प्रदेश र प्रतिनिधिसभामा निर्वाचित हुन सफल भयौं ।

साथी गणेश ! तिमी नरिसाउ न है । अब हामी आम नागरिक रहेनौ । अब हाम्रा आफ्नै बाध्यता हुनेछन् । अब त हामी प्रदेश र संघका ठूलावडा ‘भिआइपी’ भइसक्यौं । मन्त्री हुन पायौं भने अझै बिशिष्ट व्यक्ति ‘भीभीआईपी’ पनि हुन सकौंला । मात्र तिम्रो आर्शिवाद चाहिएको छ ।

साथी गणेश, राजनीतिमा लघुताभाष विल्कुल हुदैन । अब तिमिले भनेजस्तो जीवन जिउन हामीलाई ग्राह्रो हुन्छ । किनभने हामीले हाम्रो स्टाटस अनुसारको जीवन जिउनुपर्छ । संसद भवनमा हामीलाई सबै कर्मचारीरुले धनुष्टङ्कार शैलीमा नमस्कार गर्नेछन् । हाम्रो हिड्ने , बस्ने र खाने ठाउँ नै अलग हुनेछ । हामीले घरघर गएर भोट माग्नेहरुले पनि हामीलाई माननीय ज्यू ! भन्दै आफ्नै खर्चले आफ्नो ठाउँमा बोलाउने छन् । हामीलाई मानसम्मान खान भ्याईनभ्याई हुनेछ ।

साथी गणेश ! सजिलो त कहाँ छ र नेता हुन ? लाखौ खर्चेर निर्वाचित भएका हामी पनि कहाँ लाटा छौ र ? यसैले हामीले सांसद विकास कोष बनाउन लगाएका हांै । दुई करोडको विकास कोषको कमिसनले हामीलाई चुनाव खर्च उठाइदिई हाल्छ । सरकारले दिने सेवा सुविधा जोडदा कम्तीमा पाँच बर्षमा पाँच करोड बढी मज्जाले कमाई हुन्छ । संसदमा आवाज उठाउँदा पनि स्र्वाथ पे्ररित भएपछि केही न केही ठेकेदार व्यपारीहरुले चिल्लो गाडी दिइहाल्ने छन् । जसले हाम्रो जीवनलाई सहज बनाउने छ ।

साथी गणेश ! तिमी गुहुको किरो हौ । यसैले गुहुमै रमाउन चाहन्छौ । तर राजनीतिको उपलब्धीले त्यसलाई स्वीकार्दैन । राजनीति भनेकै वर्ग उत्थानका लागि गर्ने हो । अर्थात् आफू धनवान र वलवान हुनका लागि गर्ने हो । यसैले बाल्यकालदेखि संंघर्ष गरेर हामीले अलिकति जीवनशैली फेर्यौं भने तिमीले आलोचना गर्न मिल्दैन है ।
साथी गणेश, हेर सांसद भएपनि एउटा राम्रो घर भएन भने कसले पत्याउँछ ? अनि अलि सानमान झल्काउन सकिएन भने

के मज्जा ? यसैले जनता भनेका त हाम्रा सेवक हुन् हामी त अब शासक हौं नि । यसेले तिमीले गुहुुको किरो गुहुमै रमाउनुपर्छ भन्ने लघुताभाषबाट चाँही तिमीले पनि निस्कनै पर्छ है ।
साथी गणेश ! तिमीलाई

राजनीतिमा रहर थिएन कि तिम्रो सामथ्र्य नै थिएन र तिमी राजनीतिमा आएनौ थाहा छैन । तर, राजनीति गर्न धेरै आँट चाहिन्छ । मान्छे हप्काउनदेखि झुठो बोल्न पनि सक्नुपर्छ । उस्तैपरे कुटने हिम्मत पनि हुनुपर्छ । यसैले हो हामीले सांसद हुने मौका पाएको ।

साथी गणेश ! तिमी पत्रकार हौं । यसैले हरेक कुरा सुशासनका आँखाले हेर्र्छाै । तर तिमीले हेरे जस्तो हाम्रो व्यवस्था छैन । यहाँ सबैलाई मिलाउनुपर्छ । खिलाउनुपर्छ । पैसा भएन भने अर्को चुनावमा प्रतिस्पर्धा त परै जावस् टिकट समेत पाउन सकिदैन । यसैले हामीले चुनाव जित्न कार्यकर्ता भनेर गरिब निमुखाहरुलाई प्रयोग गरेपनि निजी स्वकीयहरु आफ्ना छोराछोरी र नातेदारहरु राख्यौं भनेपनि तिमीले नलेखिदिनु । घर भएपनि घरभाडार अन्य सुविधाहरु लियौ भने पनि तिमीले आँखा चिम्लिदिनु ल ।

अन्तमा साथी गणेश, प्रतिनिधिसभा र प्रदेशमा सांसद भएको तिम्रो साथी आफ्नै  हो नि । तिमी र तिम्रो समाजका लागि केही गर्न सकिन भनेपनि मेरो त जिवनस्तर उकासिन्छ नि । के मेरो दुखद जीवन सुखद भएकोमा तिमीले पनि ठिक हो भन्नुपर्ने होइन र ? एउटा साथीको उन्नतिमा रमाउन नसक्ने पनि साथी हुन सक्छ्यौ र ? यसैले बिन्ती छ , अब मैले सधैं घर गाउँमा आउन बस्न पाउने छैन समस्या प¥यो भने मेरो पिएलाई भनेर राम्रो गाडी पठाइदिनु म तिम्रो समाजको समस्या सुन्न अवश्य आउने छु । अहिलेलाई यति मात्रै बाँकी फेरि कहनेछु ।

सोमबार, १२ मंसिर, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर