एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित

इलाम । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।

शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सुरू भएको थियो।

आइतबार, ११ मंसिर, २०७९, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर