मोरङ ४(२) : मतअन्तर फराकिलो बनाउँदै भीम पराजुली

विराटनगर । मोरङको क्षेत्र नं. ४(२) मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले फराकिलो मतअन्तरले अग्रता बनाएका छन् । विराटनगर महानगरपालिकाको ३ नम्बर वडाको मत गणना सकिदा पराजुलीले १ हजार २७० मतले अग्रता कायम गरेका हुन् ।

पराजुलीले ९ हजार ६ सय ७ मत ल्याएर अग्रता अगाडि बढाउँदा एमालेका नेता जीवन घिमिरेले ८ हजार ३३७ मत ल्याएर पछ्याउँदैछन् । अहिलेसम्म विराटनगरको १, २, ३ नम्बर वडाको गणना सकिएको छ ।

अहिले विराटनगर ८ नम्बर वडाको गणना भइरहेको छ । मोरङ ४(२) मा कटहरी गाउँपालिकाको १, २, ३ विराटनगर १, २, ३, ८ र १० नम्बर वडा पर्दछ । अहिलेसम्म ६ वटा वडा गणना सम्पन्न भएको छ । अहिले विराटनगर ८ र १० नम्बर वडाको गणना हुन बाँकी रहेको छ ।

बिहिबार, ०८ मंसिर, २०७९, रातीको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर