झापा ३ मा राजेन्द्र लिङदेन विजयी

झापा ३ मा राजेन्द्र लिङदेन विजयी

विराटनगर। प्रतिनिधिसभाको जारी मतगणनामा झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् ।

मतगणनाको अन्तिम मत परिणामअनुसार नेकपा एमालेको समर्थन पाएका लिङ्देन ४०६४८ मतसहित निर्वाचित भएका हुन् ।

लिङ्देनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७३७२ मत प्राप्त गरे । उनीहरुबीच ३२७६ मतको अन्तर रहेको छ ।

२०७४ को निर्वाचनमा पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्