बालबालिकाको अनुकरणीय कार्य

खुत्रुके फुटाएर विपद कोषमा पैसा जम्मा

विराटनगर । इटहरीका दुई जना बालबालिकाले खुत्रुकेमा जम्मा गरेर संचित गरेको पैसा राहत कोषमा हस्तान्तरण गरेका छन् ।

इटहरीका श्रेया चापागाई र श्रब्य चापागाईले खुत्रुकेमा जम्मा भएको १० हजार रुपैयाँ इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेका हुन् । उनीहरु दिदीभाई हुन् ।

इटहरी महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई उनीहरुले रकम हस्तान्तरण गरेका थिए । त्यस क्रममा प्रमुख चौधरीले विपदका बेला वालवालिकाले देखाएको उदार भावनाप्रति सम्मान व्यक्त गर्नुभयो ।
अघिल्लो दिन बाबु पुष्कर र आमा खेमुले कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको जानकारी पाएपछि दिदीभाईले पनि खुत्रुके फुटाएर कोषमा रकम जम्मा गर्ने इच्छा जनाएका थिए ।

शुक्रबार, २८ चैत, २०७६, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर