कोरोनाको कहर

कोरोनाबाट ८९ हजार ७ सय १६ जनाको मृत्यु

१५ लाख ३२ हजार ४ सय ३९ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ भने कोरोना संक्रमणकै कारण मर्नेहरुको संख्या ९० हजार पुग्न लागेको छ ।

वल्र्ड मिटर्स डट इन्फोको डाटाअनुसार १५ लाख ३२ हजार ४ सय ३९ जनामा संक्रमण भेटिएको छ । यसमध्ये ८९ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार ४ सय ६८ जना संक्रमणपछि निको भइसकेका छन् ।

११ लाख ५ हजार २ सय ५५ जनामा संक्रमण कायम छ । यसमध्ये ९६ प्रतिशतमा सामान्य लक्षण देखिएको छ भने ४ प्रतिशत अर्थात ४८ हजार २ सय ३५ जना गम्भीर अवस्थामा छन् ।

कुन देशमा कति संक्रमण ?

सर्वाधिक धेरै अमेरिकामा ४ लाख ३५ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ । स्पेनमा १ लाख ५२ हजार, इटलीमा १ लाख ३९ हजार, जर्मनीमा १ लाख १३ हजार र फ्रान्समा १ लाख १२ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

इटलीमा सर्वाधिक धेरै १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने चीनमा सर्वाधिक धेरै ७७ हजार ३ सय ७० संक्रमित निको भएका छन् ।

बिहिबार, २७ चैत, २०७६, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर