चुनावी सभामा सम्बोधन गर्न मोरङको गछियामा पुगे प्रचण्ड

चुनावी सभामा सम्बोधन गर्न मोरङको गछियामा पुगे प्रचण्ड

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा ७ गछियामा अयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगिसकेका छन्  मोरङ ६ को सुन्दरहरैंचा ७ को गछियामा आयोजित चुनावी सभालाई प्रचण्डसँगै काँग्रेस नेता शेखर कोइराला, प्रवक्ता डा प्रकाशशरण महतलगायतले सम्बोधन गर्नेछन् ।

मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता शेखर कोइराला उम्मेदवार छन् भने प्रदेश सभा सदस्यमा माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य उम्मेदवार रहेका छन् ।

प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्