डेंगु नियन्त्रणको पहल गर्दै महानगर

विराटगनर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण तथा रोकथाममा पहल थालेको छ ।डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको निर्देशनमा स्प्रे गर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख अलिले जानकारी दिए । हरेक दिन २ वटा मेसिनबाट स्प्रे गर्ने कार्य भइरहेको छ । महानगरका १९ वटै वडामा स्प्रे गरिनेछ ।

यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, हरेक वडामा महिला स्वयम्सेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको थियो । हरेक हप्ता सबै वडामा डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको छ । गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । हालसम्म महानगरमा १४८ जना डेंगुका बिरामी फेला परेका छन् ।

महानगरको सक्रियताका कारण विगतमा भन्दा डेंगुको संक्रमण कम हुँदै गएको अलिको दाबी छ ।

मङ्गलबार, २९ कार्तिक, २०७९, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर