भारतमा लकडाउन थप गर्न छलफल गर्दै प्रधानमन्त्री मोदी

 

विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल लकडाउन खुला नहुने बताउनुभएको छ । २१ दिने लकडाउन घोषणा गरेर कोरोना संक्रमणलाई रोकथामको प्रयत्न गरेको भारतमा सामाजिक दुरी पालना गराउन अझ कडा नीति आवश्यक रहेको मोदीले बताएका हुन् । उनले लक डाउन अरु केही समय बढ्ने पनि बताए छन् ।

उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए ।

लकडाउन अवधि थप गर्न प्रधानमन्त्री मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँग छलफलसमेत थालेका छन् । त्यस क्रममा उनले तत्कालै लकडाउन हटाउन सकिने अवस्था नरहेको बताउने गरेका छन् । त्यस विषयमा भएका छलफलको अडियो बाहिरिएपछि मोदीको आगामी तयारीबारे चर्चा भएको हो ।

‘यतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन । तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छ’, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ । समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ ।’

बिहिबार, २७ चैत, २०७६, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर