मोरङ ३ को चुनाव नसर्ने, नयाँ मनोनयन प्रक्रिया सुरु

मोरङ ३ को चुनाव नसर्ने, नयाँ मनोनयन प्रक्रिया सुरु

विराटनगर । मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।

उनले भने, ‘अब सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछ ।’
पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारे । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्