जयबाबा इँँटा उद्योग बन्द

दुहबी । सुनसरीको दुहबी–९ छाताबेलिस्थित संचालनमा रहेका जय बाबा इँटा उद्योग जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा बन्द भएको छ ।

तीन दिनअगाडि सो इँटा उद्योग लकडाउनको बेला संचालन गरेको विषयलाई लिएर दुई समूहबीच बिवाद बढेपछि फेरि त्यसखालको विवाद नबढोस् भन्दै जिल्ला प्रशासन कार्यलय सुनसरीको निर्देशनमा उद्योग बन्द गराईएको ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले बताउनु भयो ।

तीन दिनअगाडि उद्योग खोलेको भन्दै विरोध गरेपछि स्थानीय र उद्योग पक्षबीच विवादले उग्ररुपलिएर भएको झडपमा १ प्रहरीसहित १३ जना घाइते भएका थिए। स्थानीयले वडाध्यक्षको मिलेमतोमा उद्योग संचालन गरिएको आरोप लगाएका थिए ।

बुधबार, २६ चैत, २०७६, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर