विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा . शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहौल बन्दै गएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहौल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरूको अठोट छ ।
मोरङ बूढीगंगा गाउँपालिका–७ का शम्भु चौधरी पहिलो पटक यसपालि मतदान गर्दै छन् । तर उनले डा। शेखर कोइरालालाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । “डा। शेखर कोइराला मलाई मन पर्ने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन मोरङकै विकास हुन्छ,’ उनी भन्छन्, ‘उहाँ त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भइसक्नु भयो ।’ चौधरी जस्तै अर्का युवा मतदाता सन्देश बजगाईँ पनि कोइरालाको पक्षमा खुलेर लागेका छन् । पारिवारिक पृष्ठभूमि कम्युनिस्ट भए पनि यसपालि डा। शेखर कोइरालालाई नै मतदान गर्ने उनी बताउँछन् । गत निर्वाचन पराजित भएर पनि आफ्नो क्षेत्रका जनताको सुख दुःखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता कोइरालालाई मतदान गर्न उनले अन्य युवालाई पनि आग्रह गरे ।
‘मोरङबाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने अब डाक्टर सा’बले नै हो,’ बजगाईँ भन्छन्, ‘मोरङ ६ ले उहाँजस्तो नेता पाउनु गर्वको कुरा हो ।’
चौधरी र बजगाईँ त उदाहरण मात्रै हुन्, यसपालि पटक पटक मतदान गर्ने धेरै युवाको रोजाइमा कोइराला परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यस पटक कोइरालाले जित्नेमा ढुक्क छन् । बूढीगंगाका श्यामराज राजवंशी गत असोजबाट ८१ वर्ष पार गरेका छन् । तर उनी कोइरालाको चुनावी प्रचारमा लौरो टेकेर हिँडिरहेका छन् ।
उनले भने, ‘शेखर कोइरालाजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जिताएर पठाए यस क्षेत्रको विकास हुने थियो ।’ कोइराला स्पष्ट वक्ता भएको राजवंशीको भनाइ छ । प्रचारमै भेटिएकी सविना दाहालले गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् ।
यसैबिच, कोइरालाले मोरङ क्षेत्र नम्बर ६ का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुख दुःख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । जनताका पिर मर्का ध्यानपूर्वक सुन्छन् । आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने काँग्रेस नेतृत्वको गठबन्धन सरकारले जनताका समस्या समाधान गर्ने उम्मेदवार कोइरालाको प्रतिबद्धता छ ।
मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा ९क० मा जीवन आचार्य र ९ख० मा केदार कार्की उम्मेदवार बनेका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!