मोरङ क्षेत्र नं ६  मा गोपाल कटुवालको  चुनावी अभियान आक्रामक बन्दै

मोरङ क्षेत्र नं ६  मा गोपाल कटुवालको  चुनावी अभियान आक्रामक बन्दै
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । मोरङको क्षेत्र नं. ६  बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएका  गोपाल क्षेत्री (कटुवाल) यति बेला आक्रामक रूपमा चुनावी मैदानमा जुटेकी छन् ।  उनी यति बेला क्षेत्र नं ६ मा जोडतोडले चुनावी अभियानमा  होमिरहेका छन् ।
उनले यति बेला आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न लायक नेताहरू नभएको बताए ।  राप्रपाका नेता तथा कार्यकर्ताले यति बेला सशक्तरुपमा जनताको घरदैलोमा पुगेर आफ्नो चुनाव प्रचार प्रसारलाई सशक्त बनाइरहेका छन् । मतदाताहरूको स्वस्फूर्ति उपस्थितिले यो बेला राप्रपा नेता कार्यकर्तामा उत्साहपूर्ण वातावरणको माहौल बनिरहेको छ । मोरङको  क्षेत्र नं। ६ सुरु भएको घरदैलो कार्यक्रमलाई राप्रपाका उम्मेदवार कटुवालले  आक्रामक रूपमा आफ्नो एजेन्डा सुनाउँदै मतदाताको घरमा पुग्ने गरेका छन् ।
यति बेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चा परिचर्चा समेत हुने गरेको छ । उनले १३ बुद्धे चुनावी प्रतिबद्धता पत्र लिएर मतदाताको घरमा पुग्ने गरेका छन् । उनले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सुकुम्वासी   समस्या र डुबान क्षेत्रको पहिचान गरी समस्या सावधान गर्ने, बुढी खोला, गछिया खोलाको तटबन्धन गरी यी क्षेत्रलाई सुरक्षित गर्ने, कृषिलाई आधुनिकीकरण गरी कृषिमा बजारीकरण बिचौलियाबाट सुरक्षित राख्ने लगायतको चुनावी प्रतिबद्धता  राख्दै मतदाताको घरमा पुग्ने गरेका छन् ।  त्यस कारण यो पटक राप्रपाले मोरङ क्षेत्र नं। ६ मा  चुनाव जितेर इतिहास रच्ने सम्भावना रहेको उनले बताए ।
मोरङ क्षेत्र नं। ६(१) मा हिरा भट्टराई र ६ (२) मा राजेश कुमार मास्के उठेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्