काठमाडौं ।भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ ।
यस्तै पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको निगम स्रोतले जानकारी दियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!