सबै मतदाताहरुमा मेरो नमस्कार !
सोच्नुभयो होला, यो मान्छे यसपालीको निर्वाचनमा कि प्रदेशसभाको कि त प्रतिनधिसभाको उम्मेदवार होला । यसैले नमस्कार गर्यो भनेर ।
तर, हैन । म कुनै पार्टीको उम्मेदवार हैन । र राजनीति गर्ने लालसा पनि छैन ।
म एउटा पत्रकार हुँ । विगत २५ वर्षदेखि सबैको सेवा गरिरहेको छु । कसैसँग केही मागेको पनि छैन र भविश्यमा माग्दिन पनि ।
संघीयता कार्यान्वयनपछि यसपलाी दोस्रो आम निर्वाचन हुदैछ, ४ मंसिरमा ।
जितहारका लागि विभिन्न पार्टीबाट उम्मेदवरहरु चुनाती मैदानमा खटिरहेका छन् । सबैको अपेक्षा छ, जित सुनिश्चित हुनेछ । गराउने छौं । सबै उम्मेदवारमा जित सुनिश्चित गराउने आत्मवल हुनैपर्छ । यो सकारात्मक सोच हो ।
तर, यसपालीको आम निर्वाचनका केही खास विशेषता छन् । त्यो बिषेशता हो, यसपाली नेपालमा दलहरु गठबन्धनमा आवद्ध भएर विभाजित रुपले चुनावी प्रतिस्पर्धा गर्दैैछन् । एकातर्फ प्रतिगमन पक्षधर नेकपा एमाले, नेपालमा राजतन्त्र फर्काउन चाहने राप्रपा, राप्रपा नेपाल र होलिवाइनको रुपमा चिनिने परिवार दल मात्र मात्र छैनन्, राष्टिय पार्टी हुने लोभमा आफ्ना सबै एजेन्डाहरु सेलाएर आत्मसमर्पण गरेको जनता समाजवादी पार्टी पनि छ । अर्कोतिर प्रतिगमन विरुद्ध आन्दोलित भएर सच्याउन सफल भएका बाम–लोकतान्त्रिक गठबन्धन छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएको छ ।
कुरा को–को र कसरी चुनावी प्रतिस्पर्धा गर्दैछन् भन्ने मात्र हैन, यसपाली गठबन्धन किन बन्यो र कन कस्ले जित हासिल गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । म राजनीतिलाई थोरै र जनताको जनजीविकाको सवाललाई अलि बढी बुझ्ने लेखक हुँ । यसैले यो पल्टको निर्वाचनमा गठबन्धन किन र को हामी जनताको पक्षमा छौं भन्ने मात्र खुलाउन चाहन्छु ।
देशमा भएको परिवर्तन कुनै ख्यालख्याल होइन । २००७ सालदेखि अहिलेसम्म हजारौंले बलिदानी दिइसकेका छन्, हाम्रा लागि । त्यो बेलादेखिको आन्दोलन, युद्ध र संघर्षले नै अहिले हामीलाई अहिलेको व्यवस्था र आलोचनात्मक अधिकार दिएको हो । तर, अहिले परिवर्तन विरोधीहरुले अनेक बहाना छरिरहेका छन् । राष्ट्रहित भनेको कमाउने, खाने र घर बनाउने अनि शासन गर्ने मात्र हो भनर जनता झुक्याईरहेका छन् ।
इतिहास साक्षी छ, हामी नेपालीहरुले खोेजेको परिवर्तन यति मात्र हैन । हामीले मेहनतले निर्माण गरेको संबिधानअनुसार बल्ल हामी सार्वभौम सत्ताका नागरिक हुन सफल भएका हौं । सबै जातजाति र भाषाभाषीहरु एक हुन सफल भएका हौं । ख्याल गरौं, यो निर्वाचनमा आफ्नो जित सुनिश्चित गराउन धेरै लोपीपापीहरु पनि लागिपरेका छन् । कसैले पैसा त कसैले मसल अनि कसैले अन्यथोक प्रयोग गरिरहेका छन् ।
आदरणीय मतदाताहरु !
चेत खोल्नुहोस् । यसपालीको बाम–लोकतान्त्रिक गठबन्धन कुनै व्यक्तिका लागि हैन, जनताले रगत र पसिना बगाएर ल्याएको परिवर्तनको पक्षमा हो । यदि हामीले व्यक्तिको प्रभाव परेर भोट किनबेचको पक्षमा साथ दियौं भने हामीलाई इतिहासले माफ दिनेछैन । किनभने देश अब हामी परिवर्तन पक्षधरहरुले मात्र बनाउन सक्छांै । विश्वभरि भएका नजिरहरुले पनि यहि सार्थक सन्देश दिएको छ ।
चाडबाडको झमेला, आर्थिक बोझ अनि पेशाको व्यथाले गर्दा योपाली मैले धेरै लेख्न चाहिन । तर, यत्ति मात्र भन्छु, यदि यो गठबन्धनलाई वेवास्ता गर्दै कसैले भोट दवाब र प्रभावमा बिक्रि गरेमा त्यसको प्रतिफल सकारात्मक हुनेछैन । यसैले गठबन्धनको आवश्कता र महत्वलाई ख्याल गरौं । भोलि हजुर कहाँ राजनीति गर्नुहुन्छ ? बर्चस्व के हुन्छ ? शाखा सन्तानलाई कसरी सुख र समृद्धि दिन सकिन्छ भन्ने पनि मनन् गरौं ।
मुख्य कुरो व्यक्ति शासनमा पुगेर मात्र केही हुदैन, समग्र विचारसहितको प्रणालीको नेतृत्व मात्र फलदायी हुन्छ । यसैले आफूलाई बाम भन्नेहरुले गरेको अपवित्र गठबन्धन अनि आफूलाई मसिहा ठान्नेहरुको सत्ता स्वार्थबारे पनि समिक्षा गरौं । देश अब कथित सामन्तहरुको मात्र रहेन । देशमा अब कोही पहिलो, दोस्रो र तेस्रो तहको नागरिक छैन । सबैलाई समान रुपले शासनको हकदार हुने अधिकार छ । सबै नागरिक समान भएसम्म कथित संसदीय प्रणाली सफल पनि हुनेछैन ।
त्यसैले आदरणीय मतदाताहरु ! बाम एकता किन आवश्यक थियो र के भयो ? र अहिले बाम लोकतान्त्रिक गठबन्धन किन आश्यकता पर्यो भनेर मनन् गर्नुहोस् । चिया, खाजा र भट्टी पसलहरुमा चर्चा गर्नुहोस् । बादविवाद गर्नुहोस् र निकर्षमा संवाद गर्नुहोस् । अहिलेको आवश्यकता भनेको संघीय गणतन्त्रलाई संस्थागत गराउनु मात्र हो ।
कुनै दलाल र नोकरशाहीलाई प्रोत्साहन गर्नु हुन्न । यदि गठबन्धनमा भएका काँग्रेसीजनहरुले भुल गरेमा काँग्रेसले इतिहासमा गरेको संघर्षको योगदानमा पनि दाग लाग्नेछ । जसैउसै बचेको काँग्रेस ईतिहासबाट हराउनेछ । दसैं, तिहार र छठ पर्वको अवसरमा मेरो यति नै शुभकामना छ, खनजोत विनाबाली सप्रेको, बादल गर्जन विनाभारी वर्षा भएको र संघर्षविना परिवर्तन भएको ईतिहास मलाई अझैसम्म थाहा छैन ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!