काठमाडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ ।
सो ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ गतेभित्र हुनेछ ।