काठमाडौं । अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालका लागि सबै गोल अन्जनले गरे । अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे । अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।